Awareness

रेसुङ्गा विमानस्थल निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सम्पन्न

खबर प्रमुख खबर

Place for ads

काठमाडौं: गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको छ। पछिल्लो समयमा विमानस्थलका अन्तिम चरणका कामहरु टर्मिनल भवन र धावन मार्गको कामले तिव्रता पाएको छ। जसले गर्दा गुल्मेली जनताको जहाज चढ्ने आशा फेरी एक पल्ट पलाएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका-१०, सिमीचौरमा निर्माणाधिन रेसुङ्गा विमानस्थलका अन्तिम चरणका कामहरु अगाडी बढेका छन्।

विमानस्थलको टर्मिनल भवन र धावन मार्ग निर्माणको काम अगाडी बढेको हो। विमानस्थलकोे अन्तिम चरणका काम मध्येका घेरावारको काम सम्पन्न भइसकेको छ भने धावन मार्ग र टर्मिनल भवनको काम पनि ८० प्रतिशत सम्पन्न भइसकेको रेसुङ्गा निमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए।

Get Vaccinated

उनले अब केहि दिनमै विमानस्थलले अन्तिम रुप पाउने बताए। धावन मार्गको कालोपत्रे गर्ने निर्माण व्यवस्थायीले विभिन्न कारण देखाएर निर्माण कार्यले गति लिन नसकेको विमानस्थलका अन्तिम चरण कामहरु तिव्र गतिमा हुन थालेका छन्।

पुरानो निर्माण व्यवसायीले काम नगरेकाले नयाँ निर्माण कम्पनी मार्फत काम अगाडी बढाएकाले अब भने सम्पन्न हुने आशा पलाएको रेसुङ्गा नगरपालिका-१० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले बताए। धावन मार्ग कालोपत्रे गर्न सुरुमा मुख्य निर्माण व्यवसायीबाट काम लिएका व्यवसायीले काम नगरेकै कारण समयमै काम सम्पन्न हुन नसकेको अर्यालले बताए।

विमानस्थल निर्माणका लागि बजेटको कमी नभएपनि निर्माण व्यवसायीकै ढिलासुस्तीले कामले गति लिन नसकेको उनले बताए। अब भने पछिल्लो एक हप्ताकै कामको गतिले धेरै आशा जगाएको अर्याललको भनाई छ। उनका अनुसार सबैक्षेत्रको चासो बढेकाले अब कुनैपनि हालतमा निर्माण कार्य ढिलो गर्न नहुनेमा जोड दिए।

धावन मार्ग कालोपत्रे गर्न सम्पूर्ण सामाग्री तयारी अवस्थामा राखिएकाले बिचमा कुनै अबरोध नआए अबको डेढ महिना भित्र काम सम्पन्न गर्ने निर्माण व्यवसायी दिपक पाण्डेले बताए। निर्माणको जिम्मा लिएको एक हप्तामै आफुले धेरै काम अगाडी बढाएकाले अब केहि दिनमै काम पुरा गर्ने पाण्डेले बताए। उनका अनुसार कालोपत्रे गर्न चिसोले कुनै असर नगर्ने भएकाले कालोपत्रे गर्ने काम सम्पन्न हुने बताए। रेसुङ्गा विमानस्थलमा २०७५ साल जेठ २७ गते परिक्षण उडान पनि गरिएको थियो।

Awareness by SKF

परिक्षण उडान सफल भएपनि अन्य कामहरु निकै सुस्त गतिमा हुँदै आएका थिए। विमानस्थलको टर्मिनल भवन निर्माणको लागि २०७६ चैत ४ गते ४ करोड ५ लाखमा सम्झौता भई बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ। निर्माणको काम अन्तिम चरणमा रहेको छ। त्यस्तै धावन मार्गको निर्माणको कार्य रौताहा हरि हरि जेभीले ७ करोड ५ लाख रुपैँयामा गरिरहेको छ।

२०६३ सालमा तत्कालिन संस्कृति तथा पर्यटन मन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थलको शिलान्यास गरेको विमानस्थल ५२० मिटर लम्बाई र २० मिटर चौडाइमा धावन मार्ग निर्माणको काम भइरहेको छ। विमानस्थलको कुल १५६ रोपनी जग्गामा विमानस्थलको एरिया छ।

विमानस्थल समयमै सम्पन्न भए गुल्मेली र छिमेकी जिल्लाहरुका नागरिकहरु सिद्धबाबाको जोखिमपूर्ण अवस्था यात्रा गर्नुपर्ने बाध्यता अत्य हुने स्थनीयको अपेक्षा रहेको छ। गुल्मी न्यूज डटकममा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *