Clean Water Campaign

Awareness Campaign

सुपादेउराली नजिकै झोलुङ्गे पुल बनेपछि बढे आन्तरिक पर्यटक



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

अर्घाखाँची: धार्मिक ऐतिहासिक पर्यटकीय स्थल सुपादेउराली मन्दिर नजिकै करिब २ सय ७२ मिटर लामो र १ सय ६२अग्लो झोलुंगे पुलमा चढे पछि कपिलवस्तु बुद्धभुमी-१ की जुनुमाया थापाले जहाजैमा चढेको र डरसँगै साहस पनि बढेको अनुभव सुनाईन् उनी मात्र होइन अहिले सुपादेउरालीमा आन्तरिक पर्यटकको चाप निकै निकै बढेको छ।

सुपादेउराली मन्दिरदेखि करिब तीन सय मिटर अगाडी गएपछि सन्धिखर्क गोरुसिंगे सडकखण्डबाट उकालो सय मिटर ठाडो उकालो बाटो चढेर झोलुङ्गे पुलमा पुगिन्छ र शितल हावामा आन्नद लिन सकिन्छ। पुल पारीपट्टीको पहाडमा जोडिएको छ। पुल माथिबाट चारैतिर हरिया पहाड,सुपादेउराली मन्दिर, तल सुन्दर नालिबेली सडक र झरना सहित बगेको नदी हेर्दा श्वर्गको आन्नद अनुभव भएको दाङ गडवाका सुलेमान चौधरीले बताए।

सुपादेउराली मन्दिरमा दैनिक सयौं भक्तजन दर्शन गर्न आउने गर्छन्। यतिबेला कोरोनाका कारण निषेधाज्ञा खुलेपछि दैनिक हजारौं तिर्थालुहरू आउने गरेका छन्।

सिंचाई
Forest
Ad.

धार्मिक पर्यटकसँगै स्वदेशी तथा विदेशी पर्यटकलाई मध्यनजर गरेर पुल निर्माण गरिएको हो। पर्यटकलाई भरपुर मनोरञ्जन र रमाउनका लागि पर्यटकीय संरचना निर्माण अन्तरगत भोलुंगे पुल निर्माण भएको हो। पुलले दुई पहाडको बीच भागलाई जोडेको छ। पुलबाट पर्यटक पारी पट्टीको पत्थर सहितको पहाडमा गएर रमाउनेछन्।

यहाँ बञ्जीजम्प र जिप फ्लायर लगायतका साहसिक खेल सञ्चालन गरिनेछ। मन्दिरमा दर्शका लागि तीर्थालु, सुपादेउराली मन्दिर देखि करिब दुई किमी पर पर्यटकीय स्थल नरपानीमा घुम्न आउने पर्यटकलाई पर्यटकीय संरचना बनाएर भुलाउने, साहसिक खेल खेलाउन र मनोरञ्जन गराउने लक्ष्य रहेको सुपादेउराली मन्दिर व्यवस्थापन समिति यादव घिमिरेले बताए।

उनले पुलको लम्बाई करिब २ सय ७२ मिटर र उचाई १ सय ६२ रहेको सुपादेउराली मन्दिर व्यवस्थापन समिति यादव घिमिरेले बताए। झोलुङ्गे पुल संघीय सरकारको बजेटबाट निर्माण भएको हो। एक करोड भन्दा बढीको बजेट लगानी भएको समेत घिमिरेले बताए। ग्लोबल आवाज डटकममा यो खबर प्रकाशित छ।

 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया