Awareness

Get Vaccinated

बाग्मती सफाइका अभियन्ता पौडेल जुटे कालीगण्डकी सफाइ अभियानमा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

कृष्ण अन्जान, गुल्मी: बाग्मती सफाई अभियानका अभियन्ता पुर्व मुख्यसचिव लिलामणि पौडेल सहितकाे टाेली कालिगण्डकी किनार सरसफाइका लागि मंगलबार रुरुधाममा जुटेकाे देखियाे।

वातावरण स्वच्छ राख्न याे एउटा महान सामाजिक अभियान थियाे तर यहि अभियानमा स्थानीय समाजसेवी र शिक्षण संस्थाहरुकाे सहभागिता नभएकाे कुरा अभियन्ता पौडेलले सार्वजनिक रुपमा व्यक्त गरे।

यद्यपी सरसफाइ अभियानमा रुरुक्षेत्र गाउँपालिका वडा नं. १ का जनप्रतिनिधि नेपाल प्रहरी रुरु प्राथमिक स्वास्थ केन्द्रका कर्मचारी स्थानीय क्लव आमा समूह मात्र हाेईन, रिडी भन्दा बाहिरबाट पनि सरसफाइमा जुटेकाे देखियाे।

पवित्र रुरु धाममा पुग्नुलाइ हिन्दु धर्मावलम्विहरुले दामाेदर कुण्डबाट मुक्तिक्षेत्र हुँदै रिडीमा आइपुग्ने कालीगण्डकीकाे स्नानलाई प्रमुखताकाे रुपमा लिन्छन।

पौष-माघकाे कठ्याँग्रिने जाडाेमा पनि कालिनदीमा डुबुल्की लगाउने धर्मावलम्वीको ताँति काली किनारमा अहिले पनि भेटिन्छ।

शास्त्रभन्छ – मानिस जन्मिदा लिएर अाउने देवऋण पितृऋण र ऋषिऋण गरि तीन ऋण हुन्छन्। मुक्त क्षेत्रबाट बग्दै अाउने कालिगण्डकीमा स्नान गर्नाले यी ऋण बाट मुक्ति पाइन्छ। यहि मान्यतामा परापुर्वकालदेखि रुरुधामकाे महत्त्व अत्यधिक छ।

Awareness by SKF

धर्मावलम्विहरु आउँदै गर्दा कालिगण्डकी नदि तटमा व्यवस्थित नुहाउने घाटकाे समस्या बारे चर्चा गर्छन। फाेहोर व्यवस्थापन नभएकाे चर्चा पनि सुनिन्छ।

माथि भर्खर लास पाेलेर सलाे पखाल्दै गर्दा तल तिर्थालुहरुले त्यहि सलाे पखालेकाे खरानीसँगै मिसिएकाे गंगाजलमा डुबुल्की मार्दै गरेका हुन्छन भने त्यहि गंगाजलले आचमन गर्न विवश छन।

यहि प्रदुषित कालिगण्डकी सफाई अभियानमा नितान्त सामाजिक भाव र वातावरण स्वच्छ राख्न चिनका राजदुत समेत रहिसकेका पुर्व मुख्य सचिवले शुरुवात गरेर रिडीवासिलाई केही सिकाउने प्रयास गरेका मात्र छैनन, सभ्य र सफा रिडीधामकाे अभियानमा सबैलाई लाग्न खुलेरै लाग्न अपिल समेत गरेका छन।

पहिले कालीगण्डकी लामा चौतारीबाट बग्थ्याे र त्यतिवेला लामाचौतारि क्षेत्रमा केही व्ववस्थित थियाे। माथि तिर्थालुहरुले गंगाजलमा स्नान गर्थे। रिडी खाेला र कालिगण्डकीकाे दाेभानमा दाहसंस्कार हुन्थ्याे तर काली गण्डकी वहाव पर पुगेपछि घाट व्यवस्थित हुन सकेन।

यहि नदिकाे बालुवा दाेहन गरेर राज्यका निकायहरु चल्न थालेकाे बर्षौँ भयाे। तर एउटा व्यवस्थित शवदाह गृह वन्न सकेन।

पटकपटक विध्युतिय शवदाह गृह बनाउने र घाट व्यवस्थापन गर्ने भनेर हल्ला चलाइयाे। बजेट आयाे अब बन्छ भनियाे तर वार्षिक रुपमा कराेडौँकाे वालुवा बिक्रीबाट आउने बजेटले याे क्षेत्रमा आधुनिक शव दाह गृह बनाउनु पर्छ भन्ने कुरा कसैकाे मनमा आएन।

बग्ने पानी पवित्र हुन्छ भन्ने मान्यतामा मात्र यसक्षेत्रमा अाउनेहरुले कालिगण्डकीकाे तटमा स्नान गर्छन। तर यसरी बग्ने पानीमा सलाे पखालीएपछिकाे खरानी सहितकाे प्रदुषित पानी त बग्छ नै। अँगार लास जलाएर रहेका अाधा जलेका दाउरा पानीमा तैरि रहेकाे भेटिन्छ।

शव ल्याएपछि शवका कपडा लगायत यहि गंगा जलमा फालिन्छ र तिनै फाेहर बाेकेर काली नदि पवित्र बनेर बग्छ।

यहि प्रदुषित कालिनदी क्षेत्रकाे सरसफाइ अभियानमा हातेमालाेसंगै रुरुधामकाे पवित्रतासँगै स्वच्छता अावश्यक भएकाे भनाई पुर्व मुख्यसचिव पौडेलकाे छ। सेतोमसी डटकममा यो खबर छ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया