Awareness

गुल्मीमा विज्ञ बिनाको कफी अनुसन्धान कार्यक्रम: करोडौँ लगानी उपलब्धि शून्य

कृषि खबर खबर

Place for ads

गुल्मी: विषय विज्ञ बिना पनि आठ वर्षदेखि कफी अनुसन्धान कार्यक्रम सन्चालनमा भइरहेकाे छ भनेकाे सुन्दा अचम्म लाग्न सक्छ। तर, गुल्मी यस्तै भइरहेकाे छ। दरबन्दीबअनुसारको विज्ञ नहुुँदा कार्यालय नै सन्तुष्ट छैन। कार्यालयबाट सेवा लिन आउने सन्तुष्ट हाेलान भनेर कसरी विश्वास गर्ने?

केही समयअघि जिल्ला स्तरीय प्रगती समीक्षामा कफी अनुसन्धान कार्यक्रमका प्रमुख जितनारायण चौधरीले कफी अनुशन्धान कार्यक्रम बारे फेहरेस्त सुनाए। तर, अन्तिममा दरबन्दीअनुसार विज्ञ नभएकाले विज्ञ उपलब्ध गराइदिन माग गरे। कार्यक्रममा मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी झोक्किएर कार्यालय प्रमुखलाई उल्टै प्रश्न गरे। ‘तपाईको केन्द्रीय कार्यालयलाई कर्मचारी नभएको थाहा छ की छैन?’

Get Vaccinated

रुरु क्षेत्र गाउँपालिका-४ को भण्डारी डाँडामा ०७१ सालदेखि कफी अनुसन्धान कार्यक्रम स्थापना संचालन भएको हाे। जग्गा, भौतिक पुर्वाधार, कर्मचारीसँगै अनुसन्धानका लागि अहिलेसम्म करोडौं खर्च भइसकेकाे छ। कार्यक्रम सुरु भएकाे दशक पुग्न थाले पनि किसानहरूले भने थाहा पाएका छैनन्। आठ बर्षमा १० जातका बिउबाट सुरु गरेको अनुसन्धानलाई ४२ जातमा पुर्याइएको छ। कफीको बोट, फल, बिउ, माटो, बिरुवा, उत्पादनदेखि गुणस्तरसम्म सबै परीक्षण गरिने केन्द्रका वरिष्ठ वैज्ञानिक जितनारायण चौधरीले जानकारी दिए।

सेतो गवारोबाट बिचलित किसानले अनुसन्धानबाट केही निकास पाउन सकेका छैनन्। कफी अनुसन्धान कार्यक्रमको लागि ६ जनाको दरबन्दी छ। जसमा बागबानी, किट, माटोलगायत पर्छन्। अहिले कार्यालय प्रमुख चौधरीबाहेक वैज्ञानिक छैनन्।

कार्यालयको प्रशासनिक अधिकृत र लेखा अधिकृतसहित अरु पद पनि रिक्त रहेको चौधरीले बताए। ‘विज्ञकै कारण सोचअनुसारको काम भएको छैन। म एक्लैले के गरौँ,’ उनले भने, ‘विज्ञ र प्राविधिक बिना अनुसन्धानको के अर्थ?’

जनशत्ति मात्रै होइन् यहाँ माटो परीक्षण गर्ने प्रयोगशाला छैन्। बर्षातमा कार्यक्रम स्थलसम्म पुग्नै सकिँदैन। सडक राम्रो नभएका कारण कफीको अध्ययन, अनुसन्धान र अवलोकन गर्न आउनेहरूले समेत दु:ख पाएको चौधरीले बताए। सेतो गवारो नियन्त्रण नहुँदा निराश बनेका जिल्लाका कफी किसानले कार्यक्रमबाट राहतको आशा गरेका थिए। तर, कार्यक्रम प्रभावकारी नहुँदा सोचे अनुसारको उपलब्धि भएकाे छैन।

Awareness by SKF

नेपालमा गुल्मी कफीको जननी जिल्ला हो। ८० वर्ष पहिलेदेखि यहाँ कफी उत्पादन हुँदै आएकाे छ। यहाँकाे तत्कालिन आँपचौर गाविसका स्थानीय हिरा गिरीले बर्माबाट कफीको बिरुवा ल्याएर रोपेका थिए। आँपचौरमा कफी निकै राम्रो हुँदै गयो। त्यो बेला कफी बगैँचा तत्कालिन राजा वीरेन्द्रले समेत अवलोलन गरेका थिए। तर, कफीमा देखिएको सेतो गवारो र सिंधुरे रोगको कारण किसान आजित थिए। कैंयौँले कफी फाँडेर अन्य खेति गर्न थालेका थिए।

०७१ सालमा सरकारले गुल्मीमा कफी अनुसन्धान कार्यक्रम सुरु गरेपछि किसानहरूमा उर्जा पलाएको थियो। तर, देशमै एक मात्रै कार्यक्रम प्रभावित भएपछि दु:ख लागेको किसान बेदबहादुर ज्ञवालीले गुनासो गरे। उनले कार्यक्रमबाटै राज्यको कृषिप्रतिको सोच छर्लङ्ग हुने प्रतिक्रिया दिए। ‘देशकै कार्यक्रमलाई गवारो लाग्यो। किसानका कफीको समस्या कसले हेर्ने,’उनले भने,‘आखिर मर्ने किसान हो।’ ज्योतिन्यूज डटकममा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *