काठमाडौं: नेकपा एमालेकी समानुपातिक सांसद नविना लामाले बिरामी नै नपरी लाखौँ रकम उपचार खर्च बुझेको तथ्य फेला परेको छ। आर्थिक बर्ष २०७७/७८ मा उनले ठूलो रकम उपचार खर्च शिर्षकमा बुझेकी हुन्।
नेकपा एमाले निकट अनेरास्वियुकी पूर्वअध्यक्ष लामा काभ्रेपलान्चोकबाट प्रतिनिधिसभाकी सदस्य हुन्। उनी एमाले अध्यक्ष केपी ओली निकट छन। लामाले १ लाख २७ भन्दा बढि रकम बुझेकी छन्। उनले १ लाख २७ हजार ६ सय ४० उपचार खर्च भनेर संसद सचिवालयबाट भुक्तानी लिएकी हुन।
लामा २०७७ भदौमा आमा बनेकी थिइन्। सुत्केरी भएको बेलामा अस्पतालको रिर्पोट देखाउँदै उनले उपचार खर्चका नाममा रकम बुझेको हुनसक्ने अनुमान गरिएको छ। यदि त्यसो हो भनेपनि राज्यले सुत्केरी भत्ता भनेर पहाडी जिल्लाका लागि एक हजार रुपैयाँ दिने गरेको छ। तर उनले राज्यशक्तिको दुरुपयोग गर्दै ठूलो रकम बुझेकी छन्।
उनीसहित संघीय संसद्अन्तरगत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले १६ महिनामा ३५ लाख २३ हजार ५ सय ७४ रूपमा औषधी उपचार खर्च भुक्तानी लिएका छन्। २०७७ साल साउनदेखि २०७८ साल कार्तिक १५ गतेसम्म प्रतिनिधि सभाका ४४ सांसदले कूल २७ लाख ४३ हजार २ सय ६७ रुपैयाँ र राष्ट्रिय सभाका १५ सांसदले ७ लाख ८० हजार ३ सय ७ रुपैयाँ संघीय संसद् सचिवालयबाट औषधी उपचार बापतको खर्च लिएका छन् ।
खर्च लिनेमा लामासहित प्रतिनिधि सभा मोरङ १ का सांसद घनश्याम खतिवडाले १८ हजार १ सय ३९ रुपैयाँ, बर्दियाकी सांसद विमला विकले २४ हजार ६ सय ४६ रुपैयाँ, खोटाङका सांसद हिरा गुरुङले ७ हजार १ सय ८३ रुपैयाँ, चितवनकी सांसद उमा रेग्मीले विभिन्न ३ वटा मितिमा गरेर ५० हजार २ सय १३ रुपैयाँ, धनुषाका सांसद स्मृतिनारायण चौधरीले विभिन्न ५ वटा मितिमा ६० हजार ५ सय २० रुपैयाँ लिएका छन् ।
यस्तै बागलुङकी स्व. सांसद ज्ञानकुमारी छन्त्यालको उपचार खर्चबाट ४ लाख ५७ हजार २ सय ४१ रुपैयाँ निकासा भएको छ भने इलामकी स्व. सांसद सानु सिवालाई २ फरक मितिमा गरेर ९८ हजार ६ सय ७१ रुपैयाँ भुक्तानी भएको छ । सर्लाहीकी सांसद मीना पाण्डेले दुई फरक मितिमा गरेर २ लाख ४१ हजार ६ सय ६७ रुपैयाँ उपचार खर्च भुक्तानी लिएकी छिन् ।
कैलालीकी सांसद कलुदेवी विश्वकर्माले १३ हजार ३ सय १४ रुपैयाँ, धनुषाकी सांसद मिनाक्षी झाले १ लाख ५८ हजार ३ सय ९७ रुपैयाँ उपचार खर्च लिएकी छिन् ।
अछाम २ का सांसद यज्ञबहादुर बोगटीले २ फरक मितिमा गरेर २५ हजार ६ सय १९ रुपैयाँ, एमालेका पूर्व मन्त्री एवं सिरहा क्षेत्र नम्बर ३ का सांसद लिलानाथ श्रेष्ठले ९ हजार ३ सय ७० रुपैयाँ, तेह्रथुमका सांसद विजय सुब्बाले २२ हजार ३ सय ७७ रुपैयाँ, काठमाडौँकी सांसद अञ्जना विशंखेले ३ हजार रुपैयाँ, पाल्पा १ का सांसद दलबहादुर रानाले १ लाख ३० हजार ७० रुपैयाँ उपचार खर्च लिएका छन् ।
यस्तै अर्घाखाँचीका सांसद मानबहादुर विकले दुई मितिमा गरेर ६३ हजार १ सय ९१ रुपैयाँ, झापाकी सांसद महेन्द्र कुमारी लिम्बुले २ पटक गरेर २ लाख १० हजार ७४ रुपैयाँ, धादिङ २ का सांसद खेमप्रसाद लोहनीले २ पटक गरेर १० हजार ५ सय ७१ रुपैयाँ, लमजुङ १ का सांसद देवप्रसाद गुरुङले ५८ हजार ७ सय ४८ रुपैयाँ उपचार खर्च लिएका छन् ।
विकास समितिकी सभापति समेत रौतहटकी सांसद कल्याणी खड्काले २ पटक गरेर ४३ हजार ४ सय ११ रुपैयाँ, उद्योग समितिका सभापति समेत रहेका पर्सा २ का सांसद विमलप्रसाद श्रीवास्तवले २ पटक गरेर ९४ हजार १ रुपैयाँ, बाँकेकी सांसद सरवत आरा खानम हलवाइनीले ९ हजार ३९ रुपैयाँ लिएका छन् ।
यस्तै नवलपरासीक सांसद सत्यनारायण शर्मा खनालले ३५ हजार २ सय ८ रुपैयाँ, सर्लाहीकी सांसद चन्दा चौधरीले १४ हजार ३ सय ७६ रुपैयाँ र संसद्को सार्वजनिक लेखा समितिका सभापति एवं रुपन्देही ५ का सांसद भरत कुमार शाहले ९३ हजार ५ सय ६३ रुपैयाँ उपचार खर्च लिएका छन् ।
राष्ट्रिय सभाका ५९ सांसद मध्ये १५ जना सांसदले आर्थिक वर्ष २०७७–०७८ मा संघीय संसद् सचिवालयबाट उपचार खर्च भुक्तानी गरेका छन् । राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले २ पटक गरेर १ लाख ५७ हजार ९ सय ९३ रुपैयाँ औषधी उपचार खर्च भुक्तानी लिएकी छिन् ।
राष्ट्रिय सभाकी सांसद शारदादेवी भट्टले चार पटक गरेर ३३ हजार ५ सय ९४ रुपैयाँ, सांसद नरपति लुवारले ३ हजार १ सय ३५ रुपैयाँ, सांसद शान्तिकुमारी अधिकारी जिसीले ३ पटक गरेर ४७ हजार ३ सय २ रुपैयाँ, सांसद अगमप्रसाद बान्तवा राईले २ पटक गरेर ३० हजार १ सय ६१ रुपैयाँ औषधी उपचार बापतको रकम भुक्तानी लिएका छन् ।
सांसद सुमित्रा बि।सी।ले ३ पटक गरेर १ लाख ८० हजार १ सय ६६ रुपैयाँ, नैनकला ओझाले २७ हजार ३ सय ६१ रुपैयाँ, भैरवसुन्दर श्रेष्ठले २ पटक गरेर २१ हजार ३ सय ९० रुपैयाँ, गंगाकुमारी बेल्बासेले ८ हजार ७ सय ८२ रुपैयाँ, दिनानाथ शर्माले १४ हजार ४ सय १२ रुपैयाँ, रामलखन चमारले ५१ हजार ५ सय ७७ रुपैयाँ, रामचन्द्र राईले १४ हजार ८ सय २४ रुपैयाँ, शेरबहादुर कुँवरले ९ हजार २ सय ६९ रुपैयाँ, गोपाल भट्टराईले २२ हजार ५८ रुपैयाँ भुक्तानी लिएका छन् ।
यस्तै स्वर्गीय सांसद दुर्गाप्रसाद उपाध्यायलाई १ लाख ८ हजार १ सय ४७ रुपैयाँ औषधी उपचार खर्च दिइएको थियो ।
गत साउन १ गतेदेखि कार्तिक १५ गतेसम्म संघीय संसद्का २५ सांसदले औषधी उपचार खर्च लिएका छन् । जसमध्ये प्रतिनिधि सभाका १७ सांसदले भुक्तानी लिएका छन् । प्रतिनिधि सभा अन्तर्गत पर्साकी सांसद पुष्पाकुमारी कर्ण कायस्तले १३ हजार ८ सय ५२ रुपैयाँ, उदयपुर २ का सांसद सुरेशकुमार राईले ८८ हजार १ सय ४६ रुपैयाँ र सुर्खेत २ का सांसद नवराज रावतले २ पटक गरेर ४४ हजार ६ सय १८ रुपैयाँ लिएका छन् ।
त्यसैगरी चितवनकी सांसद उमा रेग्मीले २ पटक गरेर १८ हजार ३ सय १७ रुपैयाँ लिएकी छिन् भने नवलपरासी पूर्वका सांसद सत्यनारायण शर्मा खनालले ३ पटक गरेर ३१ हजार ३ सय ३७ रुपैयाँ लिएका छन् ।
त्यसैगरी सप्तरीकी सांसद सरिताकुमारी गिरीले १९ हजार ६ सय ५१ रुपैयाँ, दाङका सांसद विष्णु शर्माले ९ हजार ८ सय ५५ रुपैयाँ, रौतहटकी सांसद सरलाकुमारी यादवले ९ हजार २ सय ७२ रुपैँया, सप्तरीकी सांसद रानी मण्डलले ५६ हजार ६ सय ८३ रुपैयाँ उपचार खर्च भुक्तानी लिएका छन् ।
तेह्रथुमका सांसद भवानी खापुङले १६ हजार १ सय ९६ रुपैयाँ लिएका छन् भने दार्चुलाका सांसद गणेश सिंह ठगुन्नाले ६० हजार ६ सय ५३ रुपैयाँ औषधी उपचार खर्च भुक्तानी लिएका छन् ।
यस्तै धनुषाका स्मृतिनारायण चौधरीले २ पटक गरेर १८ हजार ८ सय ४६ रुपैयाँ लिएका छन् भने धादिङ २ का सांसद खेमप्रसाद लोहनीले ८ हजार २ रुपैयाँ लिएका छन् । पर्साकी सांसद चाँद तारा कुमारीले २ पटक गरेर १८ हजार ७ सय ५५ रुपैयाँ, ललितपुर २ का सांसद कृष्णलाल महर्जनले ८८ हजार ४ सय ५ रुपैयाँ र हुम्लाका सांसद छक्क बहादुर लामाले ५१ हजार १ सय २१ रुपैयाँ उपचार खर्च लिएका छन्।
त्यस्तै, बाँकेकी सांसद सरवत आरा खानम हलवाइनीले ९ हजार १५ रुपैयाँ, सप्तरीकी सांसद सरिताकुमारी गिरीले १९ सय ८३ रुपैयाँ, सिरहा ३ का सांसद लीलानाथ श्रेष्ठले १३ हजार ६ सय ५ रुपैयाँ, इलाम ३ कि सांसद सुजाता परियारले ४७ हजार ८ सय ५६ रुपैयाँ र दाङका सांसद विष्णु शर्माले १७ हजार ७ सय ३५ रुपैयाँ औषधी उपचार खर्च लिएका छन् ।
गत साउनदेखि कार्तिक १५ गतेसम्म राष्ट्रिय सभाका ८ सांसदहरूले औषधी उपचार खर्च लिएका छन् । जसअनुसार राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहालले ४ हजार ८ सय ५० रुपैयाँ, विमला घिमिरेले १० हजार ६ सय ३३ रुपैयाँ, सिंगबहादुर विश्वकर्माले ८ हजार १ सय ४२ रुपैयाँ, राम लखन चमारले ११ हजार १ सय ८४ रुपैयाँ भुक्तानी लिएका छन्।
यस्तै सांसद शारदादेवी भट्टले ३ हजार २ सय २५ रुपैयाँ, खिमकुमार विश्वकर्माले ७ हजार ९ सय ५१ रुपैयाँ, सांसद सुमित्रा विसीले ३ हजार ३ सय ५५ रुपैयाँ र तुलसाकुमारी दाहालले ८ सय ५० रुपैयाँ औषधी उपचार खर्च भुक्तानी लिएकी छन् ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |