Awareness Campaign

घरमा करेसाबारी बनाउनुका अनेक फाइदाहरु



भुवन काफ्ले
४ वर्ष अगाडि


Place for ads

घर आसपासमा सागसब्जी लगाएपछि ताजा र शुद्ध खान पाइने मात्र होइन यसबाट अरु थुप्रै लाभ मिल्छ ।यसले शारीरिक रुपमा सक्रिय राख्छ, मानसिक रुपमा तन्दुरुस्त ।

भान्साको फोहोर व्यवस्थापन गर्ने ठाउँ मिल्छ ।जस्तो कि, तपाईं थोरै फुर्सद हुनसाथ करेसाबारीको काममा लाग्नुहुन्छ । अर्थात आफ्नो समयलाई उत्पादनसिल बनाउनुहुनेछ । यदि त्यसो नहुँदो हो त फुर्सदमा मोबाइल चलाएर वा टिभी हेरेरै समय बित्ने थियो ।

आफ्नो करेसाबारीमा काम गर्दा तपाईं शारीरिक रुपले पनि स्वस्थ्य एवं तन्दुरुस्त रहनुहुन्छ । जापानीहरु विश्वमै लामो आयु र स्वस्थ्य जीवन बाच्नेमा गनिन्छन् । उनीहरु लामो उमेरसम्म जवान वा स्वास्थ्य रहनुको पछाडि धेरै खोज अध्ययन भएको छ ।

Forest
Forest
Ad.

यसबाट के देखिएको छ भने, उनीहरु खेतीबालीको काममा बढी नै सक्रिय हुने गरेका छन् । बुढ्यौली उमेरमा समेत उनीहरु आफ्नो खेतीबालीको काम गर्छन् ।खेतीबालीको कामले शारीरिक व्यायाम हुन्छ, सक्रियता बढ्छ । अर्कोतिर यो आफैमा एक उपचार विधी पनि हो ।

जब हामी आफ्नो खेतीबालीमा काम गर्छौं, हामी अनावश्यक तनावबाट पनि मुक्त हुन्छौं । सागसब्जी रोप्दा, फलाउँदा पनि हामीमा एक किसिमको उमंग छाउँछ । यसले हामीलाई मानसिक र शारीरिक रुपमै स्वस्थ्य तुल्याउँछ ।

अर्कोतिर हाम्रा छोराछोरीलाई यो एक खुला विद्यालय जस्तो हुन्छ । उनीहरुले आफ्नो करेसाबारीमा रमाउने मौका मात्र पाउँदैनन्, सागसब्जीको बारेमा प्रत्यक्ष अध्ययन गर्न पाउँछन् ।

अहिलेका बच्चाहरु घरमै बस्ने, मोवाइलमा गेम खेल्ने, टिभीमा एकोहोरिने गर्छन् । जब तपाईं घरमा सानो करेसाबारी बनाउनुहुन्छ, छोराछोरीलाई त्यहाँ काम गराउन सक्नुहुनेछ ।उनीहरुहरुका लागि करेसाबारी एक उपयुक्त ठाउँ बन्छ, जहाँ रमाउन र धेरै कुरा सिक्न सकिन्छ ।

Awareness by SKF

करेसाबारी हुँदाको अर्को फाइदा भनेको घरको फोहोर व्यवस्थापन गर्ने ठाउँ मिल्छ । हाम्रो भान्सामा दिनहुँ यस्ता कुराहरु उत्पादन हुन्छन्, जो फोहोर मैलाको रुपमा हामी डस्बिनमा मिल्काउँछौं ।

तरकारीको बोक्रा, चिया पत्ती जस्ता सड्ने, गल्ने कुरालाई हामीले मलको रुपमा प्रयोग गर्न सक्छौं । कतिपय कुहिएका खानेकुरा पनि मलको रुपमा प्रयोग गर्न सकिन्छ ।

यसले गर्दा एकातिर घरको फोहोर मैलाको व्यवस्थापन हुन्छ । अर्कोतिर करेसाबारीमा मल पनि पुग्छ ।त्यसैगरी भाँडावर्तन माझेर वा अन्य प्रयोग गरेको फोहोर पानीलाई करेसाबारीमा प्रयोग गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया