Clean Water Campaign

Awareness Campaign

उपनिर्वाचन खोजिनिती: एक घर, चार पार्टी



प्रेम सुनार
८ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: ‌गुल्मीको साविक पौदीअमराई गाविस हाल मुसिकोट नगरपालिका-१ को खाती टोलको एउटै परिवारमा गजबको राजनैतिक बाँडफाँड र मेलमिलाप छ। एउटै परिवारको पाँच भाई अलग-अलग चार वटा पार्टीमा आवद्ध छन। स्वर्गिय ठानबहादुर खातीका पाँच भाई छोराहरु मध्ये दुई भाई नेपाली कांग्रेसमा छन। एक भाई नेकपा एमालेमा छन। एक भाई माओवादी केन्द्रमा छन भने अर्को भाई राप्रपा पार्टीमा छन।

जेठा गोविन्द गोपाल खाती राप्रपामा छन। उनकी श्रीमति ईश्वरी खाती मंसिर १६ गते हुन गईरहेको उपनिर्वाचनमा सोही पार्टीबाट मुसिकोट नगरपालिका-१ को वडाध्यक्षको उम्मेदवार छन।

माईला जंग बहादुर खाती माओवादी केन्द्रमा छन। साईला रामचन्द्र खाती नेपाली कांग्रेसमा छन। काईला विश्वध्वज खाती नेकपा एमालेमा छन। उनि त्यस वडाका कार्यवाहक वडाध्यक्ष पनि हुन। कान्छा गणेशध्वज खाती नेपाली कांग्रेसमा छन। जेठा राप्रपाका गोविन्द गोपाल र साईला रामचन्द्र एउटै घरमा बस्छन। अरु भाईको लहरै घर छ। जेठाको घरमा भाउजु उम्मेदवार भए पछि राप्रपाको झण्डा र ब्यानर टाँगिएको छ। काईला विश्वध्वज खातीको घरमा एमालेको झण्डा ब्यानर मात्रै होईन, एमालेको अड्डा नै छ।

सिंचाई
Forest
Ad.

उम्मेदवारी मनोनयनका दिन त्यही घरमा एमालेको चुनावी सभा थियो। एमाले सचिव तथा क्षेत्र नम्बर २ का सांसद गोकर्णराज विष्टले सोही घरको आँगनमा उभिएर भाषण गरेका थिए।

बुधबार बिहानै हामी पुग्दा उम‌्मेदवार ईश्वरी खाती पिठ्युँमा दुई बर्षको नाती बोकेर दलानमा चामल केलाउँदै, चुलोमा दाल पकाउँदै, बढारकुढार गर्दै थिईन। ‘अरु सबै दलका उम्मेदवारहरु उज्यालो नहुँदै घर दैलोमा गएका छन, तपाईं त घर मै हुनुहुन्छ त?’ भन्ने प्रश्नमा घरको काम गर्न परेन र बाबु भन्ने जवाफ दिईन्। उनि खान पकाएर खाई सकेपछि घर दैलो गर्न जाने बताउँदै थिईन। ५१ बर्ष उमेर बताउने उनले आफुलाई राजनीति केहि थाहा नभएको, भाषण पनि गर्न नजानेको तर उम्मेदवार उठ्ने अरुले आँट नगरेपछि आफुले उम्मेदवारी दिएको उनले बताईन।

आफु बिहानै घर दैलो गर्न नभ्याए पनि श्रीमानलाई घर दैलो गर्न पठाएको उनि बताउँदै थिईन। एउटै घरमा बस्ने साईला भाई भने नेपाली कांग्रेसको घर दैलो गर्न बिहानै हिँडेको उनकी श्रीमति वसन्ती खाती बताईन्।

‘एउटै घरमा दुई पार्टी बस्नु हुँदो रहेछ, राजनीतिका कुरा निकाल्दा कहिलेकाँही झगडा पर्दैन?’ भनेर सोद्धा उनि भन्दै थिईन, ‘पर्दैन बाबु पर्दैन, हाम्रोमा त यता पकाएको तरकारी उता, उताको यता बाँडेर खान्छम्।’

Awareness by SKF

‘कति मत पाउँछु जस्तो लाग्छ त?’ भन्ने प्रश्नमा उम्मेदवार ईश्वरी खातीले भनिन्, ‘त्यस्तै सय डेढ सय जति आउँछ कि जस्तो लाग्छ।’ पल्लो घरका काईला विश्वध्वज एमालेको घर दैलोमा बिहानै हिँडिसकेका थिए।

पाँच छोरा र दुई छोरीका पिता स्वर्गिय ठानबहादुर खाती जिवित छउञ्जेल खुँखार राप्रपाका स्थानीय नेता थिए। अहिले जेठा छोरा बुहारीले मात्र उनको पिँढो थाम्दै आएका छन। अन्य चार भाई राजनैतिक रुपले चारतिर छन। कुनै समय अलग-अलग राजनैकित आस्थाका कारण भाई-भाईमा नुन बाराबारको अवस्था मात्रै थिएन, श्रीमान श्रीमति बिचमा समेत बोलचाल बन्द हुने गर्दथ्यो चुनाव ताका। राजनैकित प्रतिशोधका कारण छिमेकमा एक अर्काको मृत्यु हुँदा मलामी समेत नजाने गरेको बुढापाकाहरु बताउँछन। आखिर पछिल्लो चरण यसरी एउटै घरका भाई विभिन्न राजनैतिक दलमा विभाजित भए पनि कुनै खालको तिक्तता छैन।

अर्को एक दृश्य:

मनोनयन दर्ताका क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडी कांग्रेस र माओवादी केन्द्रको जुलुस आमनेसामने भएको थियो। कुनै बेला एक अर्को पार्टी आक्रामक बन्थे। तर त्यस आमनेसामने जुलुसमा कांग्रेस र माओवादी केन्द्रका नेताहरु एक अर्का संग तस्वीर खिचाउँदै र शौहार्द्रपूर्ण रूपमा भलाकुसरी गर्दै थिए। यो लोकतन्त्रको सुन्दर पक्ष रहेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति उपसभापति भुवनप्रसाद श्रेष्ठको भनाई थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →