Clean Water Campaign

Awareness Campaign

गुल्मीमा बाँदर र बँदेलले सताएको भन्दै काटियो रूख



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: पछिल्लो समय ग्रामिण क्षेत्रमा देखिएको बढ्दो बसाईसराइ र जंगलका कारण बाँदर र बँदेलको आक्रान्तबाट किसान आजित बनेका छन्। जंगली जनावरले निम्ताएको समस्या निवारण गर्न गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १ तम्घासले कुकाठ र झाडी फडानी गरेको हो।

स्थानीयको निजि जग्गामा रहेका कुकाठ,बाँस, सल्ला, खरी लगायत झाडी फडानी गरि नागरिकलाई सहजता दिएको वडाकार्यालयले जनाएको छ । वडाकार्यालयले तम्घासको उदिनढुंगा स्थित आर्दश कोडिङ स्कुलदेखि तिनधारा हुँदै वडानम्बर २ को सिमानासम्मका रुखहरु काटेको हो ।

यतिबेला सुनसन बन्दै गएको गाउँबस्ती कुकाठ र झाडीले भरिभराउ बनिरहेको छ । जसको कारण बाँदरले किसानलाई बाली संरक्षण गर्न सकस मात्रै परेको छैन् । यसको निवारण गर्न सरकारलाई समेत चुनौती देखिएको छ ।

Forest
Forest
Ad.

बाँदर र जंगली जनाबरले बाली जोगाउनमा नै समस्या देखिएको छ ।तम्घास बजार क्षेत्र नजिकैका नागरिक पनि बाँदर आतंकबाट आजीत बनेका छन् । यसमा नागरिकको गुनासो बढेसंगै कुकाठ र झाडी फडानी गरेको वडानम्बर १ का वडाअध्यक्ष रामप्रसाद पन्थीले बताए । घनाघोर झाडी अध्यारो बनेको गाउँ उज्यालो बनेको छ ।

स्थानीयको व्यापक गुनासोपछि गरिएका फडानीले आफूहरुलाई बाँदर नियन्त्रणमा केहि सहज भएको कृषकको शान्ता पन्थीले बताइन । उनले पहिले एक्लै हिडडुल समेत गर्न गाहे हुने गरेको ठाउमा झाँडी र कुकाठ काट्नाले सहज भएको बताइन् ।

कुकाठ र झाडीका कारण खेतबारी तथा घर रहेको अन्नबाली खाने र प्रायः दुख दिने गरेको गरेको कृषकको गुनासो छ । कुनै समय खेती गर्दै आएको जग्गा समेत बाँदरका कारण बाँझो राख्दै आएको कृषक स्थानीय उमाकान्त पन्थीले बताए ।

बाँदरको आतंकले कृषि बालीसँगै पकाएको खाना समेत खाने गरेकाले वडा कार्यालयलाई यसको नियनत्रण गर्न माग गरिदै आएको उनले बताए । नागरिक तहबाट व्यापक गुनासो आएपछि वडा कार्यालय र सर्वधारणको भेलाबाट झाडी फडानी गरिएको हो ।

Awareness by SKF

गतबर्ष वडा कार्यालयले ४५ दिन बाँदर हेरालु राखेर ३० हजार भुक्तानी गरेको थियो । त्यसबाट कुनै राम्रो प्रतिफल नआएपछि यस आर्थिक बर्ष झाडी फडानी गरिएको वडाअध्यक्ष पन्थीले बताए ।

वडाभित्र रहेका कुकाठ काटने काम ६० प्रतिशत सकिएको वडाकार्यालले जनाएको छ । कुकाठ र झाडी फडानी गर्न वडा कार्यालय मार्फत ७० हजार विनियोजन गरिएको छ ।

फडानी गरेको खाली जग्गामा कागती, टिमुर, अदुवा, पिडालु, बेसार लगायतका फलफूलका विरुवा रोप्ने वडा कार्यालयले जनाएको छ । झाडीले ओगटेको ठाउँमा उत्पादन र प्रतिफल दिने खालका विरुवा रोपिने भएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो