Salime Malika Krishi Farm

Awareness Campaign

राजा बसेको गुल्मी चारपाला बसाइँसराईले रित्तिदै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

-कमल के. क्षेत्री

गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको काखमा रहेको ऐतिहासिक बाइसे चौबिसे राज्य अन्तर्गतको गुल्मी राज्यको राजधानी गुल्मी-चारपाला आफैमा सुन्दर र बसोबासको लागि अति योग्य ठाउँ हो। भौगोलिक रुपमा पनि मिलेर बसेको जमिन भएका कारण धेरै पहिलेदेखि नै मोटर बाटोको सुविधा पुगेको थियो। केही ठाउँमा बाहेक खानेपानीको सुविधा, शान्ति सुरक्षाको अवस्था, शिक्षाका लागि आवश्यक सरकारी तथा निजी विद्यालय, स्वास्थ्य सेवाका लागि आवश्यक संरचना तथा बिजुलीको सुविधा घरघरमा पुगेको छ।

आधारभूत सबै सुविधा भएर पनि यहाँका मानिसहरुमा एकता तथा गाउँ प्रतिको माया देखिएन। एकले अर्काको रीस डाहा गर्ने प्रवृत्ति खुबै देखियो। यसैको कारण यहाँका ४५ प्रतिशत भन्दा धेरै बुटवल झरिसकेका छन्। अलिअलि पढेलेखेका मानिस बसाई सरेका कारण यहाँको विकासमा समस्या देखिएको छ। बसाई सरेका मध्ये केही मानिस मात्र गाउँमा रोक्न सकिएको भए यहाँको बजार चलायमान हुन्थ्यो। विकासका काम अझै अगाडि जान्थ्यो।

सिंचाई
Forest
Ad.

दुर्भाग्य सुखको खोजमा शहर झर्ने परिपाटीले गाउँको विकासमा तगारो लागेको छ। पढेलेखेका मानिसहरु गाउँमा रोक्न सकिएको भए निजी स्कुल अझै हुन्थे। यहाँको कृषि, पर्यटन र शिक्षाको विकासमा उन्नति हुन्थ्यो। मानिसको संख्या बढ्ने बित्तिकै स्थानीय उत्पादनको आवश्यकता बढ्थ्यो। चारपालमा उत्पादित सामानले बजार पाएपछि आधुनिक कृषिको विकास हुने थियो। यहाँका मानिसको आर्थिकस्तरमा वृद्धि गर्न सकिन्थ्यो। यहाँका घरपालुवा चौपायहरुको माग बढेर आयआर्जनमा सहयोग पुग्ने थियो।

विकासको मुल आधार भनेको त्यो स्थानका जनता जागरुक हुनु पनि हो। तर, जागरुक मानिसको संख्या नै कम भएपछि राजनीतिक नेतृत्वले पनि खासै ध्यान दिन खोजेको पाईदैन। जागरुक र शिक्षित मानिस भएको स्थानमा राजनीतिक नेतृत्वको पनि चाँडै आँखा पर्ने थियो। अनि विकासका काममा पनि सहयोग माग्न सजिलो हुने पक्कै थियो। तर, बसाईसराईको समस्याले कृयाशिल र शिक्षित मानिसको संख्या कम हुँदै हाम्रो ठाउँ बिस्तारै ओझेल पर्दैछ।

अहिलेको गाउँको अवस्था उल्टो छ। घरहरु सुनसान छन। बाटो पुगेको छ घरघरमा। तर, बाटोमा दुबो उम्रेको छ। थुप्रै खानेपानी योजना सम्पन्न छन तर उपभोक्ता नहुँदा समस्यामा छन्। निजी स्कुल विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा छन्। गाउँमा दुखसुख गरेर संकलन गरेको पैसा मान्छेले शहर वा बजार तर्फ लगानी गर्न थालेका छन्।

एउटा सामन्य मान्छेका २ वटा छोराछोरी १० सम्म गाउँमा पढाएर ११ कक्षा पढ्न बुटवल पठाउनु पर्ने अवस्था छ। उनै छोराछोरी पढाउन पनि वाबु विदेश जान पर्ने बाध्यतामा छन्। यस प्रकारको समस्या समाधानका लागि स्थानीय वा प्रदेश सरकार पटक्कै लागेको देखिएन। बसाईसराई जस्तो ठूलो समस्या समाधानका लागि राजनीतिक नेतृत्वले पनि खास चासो राखेको देखिएन। चुनावमा भोटका लागि ठूलो कु्रा गर्ने बाहेक राजनीति गर्नेहरु जनताको समस्यामा केन्द्रित हुन सकेको छैन।

Awareness by SKF

विदेशमा भएका युवाहरुले आफ्नो ठाउँमा केहि गरौँ भनेर दुई चार पैसा दुखी गरिबलाई सेवा गरौँ भन्दा पनि गाँउमा पिडित सामु पुगेर सेवा गर्ने मान्छेको अभाव भैरहेको छ। हर कोहि विदेश जान चाहन्छ पैसा कमाउन चाहन्छ अनि त्यहि आफुलाई त्यो पैसा कमाउने लायक बनाउने जन्मभूमिमा होइन मधेस को कुनै कुनामा महङो घडेरि किनेर जिन्दगी भरको पसिना लगाएर घर बनाएर ठुलो उपलब्धि गर्न चाहन्छ। अनि उसैले भन्छ त्यो गाउँ त्यो पहाड मा कहिलै केहि हुन्न। ए बाबा जब कसैले आफ्नो जन्मभूमि लाई हेला गरेर २ पैसा कमाउदैमा उपेक्षा गरेर हिड्यो भने अरुको आएर आफ्नो जन्मभूमि पुर्खाको भुमिलाई ठुलो शहर बनाइदिन्छ?

यहाँ त आफै जन्मेको हुर्केको आफ्नो जन्मभुमि जसले आफुलाई दुई चार पैसा कमाउन सक्ने बनायो केही पैसा कमाए पछि त्यहि जन्मभुमि लाई पहाड भनेर उपेक्षागरेर मधेस जाने त हाम्रो संस्कार नै भैसको छ। त्यसैले आफ्नै जन्मभुमिमा बसौँ, दुइ चार पैसा कमाए पनि त्यही केहि बनाऔँ, आफ्नो ठाउ लाई रित्तो नबनाऔँ। यस किसिमको सोच भएपनि एक्लै सोचेर नहुने रहेछ। यसका लागि युवाको एकता आवश्यक हुने रहेछ। तर जे भएनि म अन्तिम सम्म कामना गर्छु। सकभर आफ्नै प्यारो जन्मभुमिमा बस्न पाइयोस।

यो स्वर्गिय भुमिमा जति धेरै बस्यो उति पुण्य मिल्ने छ। हाम्रो ऐतिहासिक भुमि जसलाई गुल्मी राज्यका राजाले उपयुक्त ठाउँ मानेर आफ्नो राज्यको राजधानी बनाए। त्यहि ठाउँ हामिलाई मन परेन र मधेस झर्दैछौँ। गाउँ अनि गाउँ खाली गर्दैछौँ। हामि सबैका परम पुज्यनिय मातापिताहरु बसेको यो भुमि आफैमा पवित्र भुमि होइन र? अनि हाम्रो पुर्खाले रोजेको ठाउँमा पवित्र तिर्थस्थल रेसुङ्गाको पवित्र पानी पिएर बस्न पाए स्वर्गिय आनन्द मिल्नेछ।

– कमल के क्षेत्री
हाल: माल्दिभ्स

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो