Smoking Causes Cancer

Awareness Campaign

गद्य साहित्य चौतारीमा प्रेषित रचनाहरु मध्ये दुई रचनाहरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

लघुकथा: आत्महत्या

उनले आत्महत्या नगर्नु थियो तर गरिन्। उनीबारे अनेकन टीका टिप्पणी हुन लाग्यो।

“बिचरी घरको आर्थिक अवस्था डावाडोल थियो।”
” लोग्नेले बाहिर अर्की राखेको थियो रे।”
” लोग्ने स्वास्नीको झगडा भइ रहथ्यो रे ।”
” घर जग्गा पनि सबै उनकै लोग्नेकै नाममा थियो रे।”

” निकै सहनशील थिइ , लोग्नेनै खराब हो ।”
” उनी सधै सिरियस हुन्थिन् । अनुहार सधै मलिन हुन्थ्यो ।”
” लप्पन छप्पन कहि कतै केही जानिएन्।”
” सुसाइट नोटमा त लोग्नेलाई निकै माया गरी लेखेकी छ रे ।”
” छ महिना मात्रै भएको थियो लोग्ने बिदेशबाट घर आएको ।”
” पुरूषहरू पापी अपराधी र ज्यानमारा हुन्छन् । लोग्नेलाई सजाय हुनै पर्छ ।”

सिंचाई
Forest
Ad.

पोष्टमार्टम रिपोर्टले उनलाई आफै आत्महत्या गरेको प्रमाणित गर्यो। तर पनि लाेग्नेलाईनै धेरैले दोषी देखाएका थिए। पुरूषको जातलाई गाली गरिरहेका थिए। बिचरो लोग्ने आँखा भरी आँसु लिएर इज्जत जाने डरले चुपचाप झलझली हिजोको दृश्य संझदै थियो – कारण हिजो लोग्ने घर आउँदा स्वास्नीलाई आफ्नै घरमा परपुरूषसंग रंगेहात देख्दा समेत चुपचाप थियो।

– पुष्कर अथक रेग्मी
तानसेन, पाल्पा

सुत्र कथा: विकृती

कहिले पनि घाम नझुल्की न उठ्ने बुहारी २:०० बजे देखि नै सर्याक सुरुक गरेको आवाज आयो।

यसो ठनासेकी थिइन् सासू, बुहारी दर खांदै रहिछन् । फेरि सुतिन्। बिहान उठ्दा उनी थिइनन् । सबैले सोधपुछ गरे। जवाफ केही थिएन।बेलुकी सम्म केही खबर न आएकाले खोज खबर भो। पत्ता लागेको थिएन। एक्कासी दुई महिला र एक प्रहरीले उनलाई घरमा छाड्न आए। सबै अवाक भएको देखेर प्रहरीले भने आईन्दा यसरी तीजको नाममा बियर खाएर पर पुरुष सङ्ग रङ्ग मजा गर्ने हजुर हरुकी छोरी बुहारीलाई नैतिकताको पाठ पढाएर राख्नोस्।

Awareness by SKF

नत्र परेको बेहोर्नुहोला।

– कमला देवकोटा
पाल्पा

 

अब देखि गद्य साहित्य चौतारी फेसबुक ग्रुपमा प्रेषित दुईवटा रचनाहरू हप्ताको दुईवटा यस वेबसाइटमा राखिने जानकारी गराउछौँ। तपाईं पनि आफ्ना रचनाहरु प्रकाशन गर्न चाहनुहुन्छ भने ‘गद्य साहित्य चौतारी’ नामको फेसबुक ग्रुपमा पठाउनु होला। -सम्पादक

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो